नुवाकोटमा आफैँले चलाएको ट्याक्टरले किचेर चालकको घटनास्थलमै मृत्यु

नुवाकोटमा आफैँले चलाएको ट्याक्टरले किचेर चालकको घटनास्थलमै मृत्यु

विदुर : नुवाकोटको किस्पाङमा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ।

किस्पाङ गाउँपालिका-५ मानेगाउँमा त्रिशुलीबाट भाल्चे जाँदै गरेको ट्रली विनाको ना ५ त ८१६२ नम्बरको ट्याक्टरको ह्याण्डल फुत्केर दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्टर चालक रौतहटको मौलापुर नगरपालिका-६ पथराबुद्धरामपुर बस्ने १८ वर्षीय धिरज यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार ह्याण्डल फुत्केको ट्याक्टर सडकबाट अन्दाजी पाँच फिट तल पल्टिएको थियो। पल्टिएको ट्याक्टरले चालकलाई किचेर उनको मृत्यु भएको हो।

ट्याक्टरमा चालकसहित चार जना सवार भएकोमा तीन जनाको अवस्था सकुशल रहेका छन्।

शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल नुवाकोट ल्याइएको छ।

फागुन २५, २०८० शुक्रबार ०९:००:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।