सानिमा बैंकको चाडपर्व विशेष योजना, डेबिट कार्डमा आफ्नो फोटो राख्न ५० प्रतिशत छुट
काठमाडौं : सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसंगै चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत ग्राहकहरूले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
छुटका लागि, ग्राहकहरूले आफूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ।
यो योजना फागुन २५, २०८० देखि लागू हुनेछ। छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५, २०८० सम्म आवेदन दिनुपर्नेछ।
साथै, घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि वैशाख ५, २०८१ सम्म आवेदन दिनुपर्नेछ।
उक्त कार्डका लागि ग्राहकहरुले सानिमा बैंकको वेबसाइट वा मोबाइल बैंकिङ्ग एपमार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सक्नेछन्।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम सञ्चालनमा रहेका छन्।
यसैगरी, सानिमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरूमा आकर्षक छुटको व्यवस्था मिलाएको छ।
फागुन २५, २०८० शुक्रबार ०८:२३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।