अध्यक्ष यादवलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री बनाएर सरकारमा सहभागी हुँदैछ जसपा

अध्यक्ष यादवलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री बनाएर सरकारमा सहभागी हुँदैछ जसपा

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले एक राज्यमन्त्रीसहित तीन मन्त्री सरकारमा पठाउने भएको छ।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बिहीबार साँझ बसेको जसपाकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले मन्त्रीकाे नाम टुंग्याएकाे छ।

उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

त्यस्तै, नवलकिशाेर साह वन तथा वातावरणमन्त्री र दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन्।

नवलकिशोर सप्तरी -१ बाट निर्वाचित सांसद हुन् भने दीपक कार्की धनुषा -१ बाट निर्वाचित भएका हुन्।

फागुन २४, २०८० बिहीबार २१:५७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।