भाटभटेनीको २७ औँ आउटलेट झापाको दमकमा
काठमाडौँ : भाटभटेनी सुपर मार्केटले झापाको दमकमा २७ औँ आउटलेट खोलेको छ। फागुन २३ बाट दमकमा भाटभटेनी सुपर मार्केटको प्रारम्भ भएको हो। प्रारम्भको दिन हरेक सामानमा विशेष छुट दिइएको छ।
सङ्घीय राजधानी रहेको काठमाडौँ उपत्यकामा दर्जनभन्दा बढी सुपर मार्केट सञ्चालन गरिरहेको भाटभटेनीका सुपर मार्केटहरू देशका सबैजसो प्रमुख सहरहरुमा खुलिसकेका छन्। करिब पाँच हजार जना पूर्णकालीन कर्मचारी रहेको भाटभटेनी सुपर मार्केटमा दैनिक ८ करोड रुपैयाँ हाराहारीको कारोबार हुन्छ।
फागुन २४, २०८० बिहीबार १६:२१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।