यस्तो छ सानिमा बैंकको चाडपर्व विशेष योजना
काठमाडौँ : सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै ग्राहकहरूका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरूले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। त्यसका लागि ग्राहकहरूले आफूले महाशिवरात्रि, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ।
यो योजना फागुन २५ देखि लागू हुने छ। जसका लागि ग्राहकले महाशिवरात्रि, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५ सम्म आवेदन दिनुपर्नेछ।
त्यस्तै, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि वैशाख ५ सम्म आवेदन दिनुपर्नेछ।
उक्त कार्डका लागि ग्राहकहरूले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ्ग एप मार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सक्ने बैंकले जनाएको छ।
फागुन २४, २०८० बिहीबार १५:२१:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।