जसपा सरकारमा सहभागी हुने, अध्यक्ष यादवले नेतृत्व गर्ने

जसपा सरकारमा सहभागी हुने, अध्यक्ष यादवले नेतृत्व गर्ने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) पार्टी सरकारमा सहभागी हुने भएको छ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले बताए।

‘एक प्रकारले हामीले सरकारलाई समर्थन दिएकै थियौँ। सरकारमा थोरै फेरबदल कांग्रेसको बहिर्गमन र एमालेको आगमनलाई हामीले सहजै स्वीकार गरेर आठ बुँदे सहमति नै गरेका छौँ,’ उनले भने, ‘प्रधानमन्त्री तथा अन्य दलहरूको आग्रमा हामी सरकारमा जाने भएका छौँ।’

कुन-कुन मन्त्रालयमा को जानेबारे छलफल गरेर प्रधानमन्त्रीलाई दिने र यसका लागि सर्वाधिकार अध्यक्ष यादवलाई दिइएको प्रवक्ता सुमनले बताए।

फागुन २४, २०८० बिहीबार १३:२२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।