अमेरिकी राष्ट्रपति निर्वाचन : रिपब्लिकन पार्टीको उम्मेदवारबाट निक्की हेली पछि हटेपछि ट्रम्पलाई सहज

एजेन्सी : अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवारीको दौडबाट निक्की हेली पछि हटेकी छन्।
१५ मध्ये दुई राज्यमा मात्र प्राइमरी चुनाव जितेपछि उनी राष्ट्रपति निर्वाचनबाट पछि हटेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
राष्ट्रपति निर्वाचनबाट बाहिरिँदै गर्दा उनले बताएकी छन्, ‘राष्ट्रपति पदका लागि करिब एक वर्षअघिदेखि नै मैले आफ्नो अभियान सुरु गरेकी थिएँ, सुरु गर्दा यो अभियान देशप्रतिको मायामा आधारित भएको बताएकी थिएँ।’
उनले अगाडि भनिन्, ‘केही हप्ता मात्र पहिलो पुस्ताको आप्रवासी मेरी आमाले उनकी छोरीलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा भोट गर्ने मौका पाइन्।’
निक्की हेली मैदानबाट बाहिरिएपछि अब डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने बाटो खुलेको छ। यद्यपि, उनले डोनाल्ड ट्रम्पको लागि प्रचार गर्ने वा नगर्ने भन्नेबारे भने स्पष्ट पारिनन्।
उनले भनिन्, ‘आफूलाई समर्थन नगर्ने सबै रिपब्लिकनहरूको मत प्राप्त गर्नका लागि ट्रम्पले कस्तो कदम चाल्छन्, त्यसमा भर पर्छ मैले उनको लाषि प्रचार गर्ने कि नगर्ने भन्ने विषय पनि।’
फागुन २४, २०८० बिहीबार ०७:५४:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।