२० सदस्यीय मन्त्रिपरिषद्, शीतल निवासमा शपथ

२० सदस्यीय मन्त्रिपरिषद्, शीतल निवासमा शपथ

काठमाडौँ : बुधवार नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा उनीहरूले शपथ लिएका हुन्।

तीन उपप्रधानमन्त्रीसहित २० जनाको मन्त्रिपरिषद् गठन भएको छ। एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक मन्त्री, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र र रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको शपथ खाए।

 

पदम गिरी कानुन न्याय तथा संसदीय, रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी,खानेपानीमा राजेन्द्र राई, उद्योगमा दामोदर भण्डारी, कृषिमा ज्वालाकुमारी साह र भूमि व्यवस्थामा बलराम अधिकारी मन्त्री भए।

अर्थमा वर्षमान पुन, ऊर्जामा शक्ति बस्नेत, सञ्चारमा रेखा शर्मा र विना विभागीय शपथ लिएका हितबहादुर तामाङको भागमा पर्यटन मन्त्रालय परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममा डिपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठ भइन्।

एकीकृत समाजवादीबाट भानुभक्त जोशी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा, सहरी विकास मन्त्री भएका छन्।

फागुन २३, २०८० बुधबार २०:३१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।