टी-२० क्रिकेट विश्वकप तयारीका लागि क्रिकेट टिमलाई सरकारले ५ करोड दियो

टी-२० क्रिकेट विश्वकप तयारीका लागि क्रिकेट टिमलाई सरकारले ५ करोड दियो

काठमाडौँ : आइसिसी पुरुष टी– २० विश्वकपको तयारीका लागि अर्थ मन्त्रालयले नेपाली टिमलाई ५ करोड रुपैयाँ दिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिएका हुन्।

विश्वकपको तयारीका लागि परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो। विश्वकपमा पुगेपछि नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चका लागि सरकारले पाँच करोड निकासा गरेको हो।

नेपाल गत अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म नेपालमा भएको आइसिसी पुरुष टी–२० वर्ल्ड कप एसिया रिजनल क्वालिफायरको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउँदै अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखदेखि सुरु हुने आइसिसी पुरुष टी– २० विश्व कपका लागि छनोट भएको थियो।

सन् २०१४ मा पहिलो पटक टी– २० विश्वकप खेलेको नेपालले १० वर्षपछि टी– २० विश्वकप खेल्न लागेको हो।

फागुन २३, २०८० बुधबार १८:५७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।