अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिए नवजात शिशु

अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिए नवजात शिशु

विराटनगर  :  नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला परेका छन्।

आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

खबर पाएलगत्तै मोरङ प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेको मोरङ प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई शौचालयमा फ्यालिएको हुनसक्ने प्रहरीको अनुमान छ।

घटनाबारे अनुसन्धान भइरहको भन्दै प्रहरीले शिशु फाल्नेको खोजी पनि भइरहेको जनाएको छ।

फागुन २३, २०८० बुधबार ११:०३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।