सुनको मूल्य बढेर आज फेरि कीर्तिमान
काठमाडौं : सुनको मूल्य आज फेरि बढेर कीर्तिमान कायम गरेको छ।
मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख २३ हजार पाँच सय रुपैयाँ कायम भएको छ।
तेजाबी सुनको मूल्य १ लाख २२ हजार ९ सय रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ४४० रुपैयाँ पुगेको छ।
यसअघि मंगलबार सुनको मूल्य १ लाख २३ हजार रुपैयाँ कायम भएको थियो। त्यो नै अहिलेसम्मकै उच्च मूल्य थियो।
फागुन २३, २०८० बुधबार १०:५६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।