माधव नेपाल भेट्न कोटेश्वर पुगे देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन्।
सत्ता गठबन्धनमा सामेल हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र छलफल गरिरहेका नेपालसँग भेट्न कांग्रेस सभापति देउवा बुधबार विहान उनको निवास पुगेका हुन्।
अध्यक्ष नेपाललाई मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घरमै पुगेर नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए।
त्यस विषयमा निर्णय गर्न अहिले ११ बजे एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।
फागुन २३, २०८० बुधबार १०:०६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।