एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय हुने

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय हुने

काठमाडौं : एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने/नहुने निर्णय गर्ने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

यसअघिको गठबन्धनमा समेत सहभागी एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा समेत सहभागी हुन माओवादी केन्द्र र एमालेको तीव्र दबाब छ।

दुवै पार्टीका अध्यक्ष नेपालको निवास नै पुगेर गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन्।

मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीसहितका नेता नेपालको निवास कोटेश्वर पुगेका थिए।

त्यसअघि सोमबार पनि प्रधानमन्त्री दाहाल नेपालको निवास पुगेका थिए।

मंगलबार दाहाल र ओलीसँगको भेटमा अध्यक्ष नेपालले सकारात्मक जवाफ दिएको नेताहरूले बताएका छन्।

फागुन २३, २०८० बुधबार ०८:०२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।