सुसाइड नोटमा डिएसपीले लेखेका थिए- ‘आफ्नै राजी-खुसीले मृत्युको बाटो रोजेँ, कसैलाई दुःख नदिनू’

सुसाइड नोटमा डिएसपीले लेखेका थिए- ‘आफ्नै राजी-खुसीले मृत्युको बाटो रोजेँ, कसैलाई दुःख नदिनू’

काठमाडौं : मोरङमा मृत फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालले आत्महत्या गरेको खुलेको छ। उनी सोमबार मोरङको प्रस्तावित सीमा सुरक्षा गुल्म मोरङ धनपालथान गाउँपालिका -३ सोराभागस्थित गुल्मभित्रकै भान्साकोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए।

त्यसपछि उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थियो। उनको कोठाबाट प्रहरीले सुसाइड नोट फेला पारेपछि आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार उनले लेखेको सुसाइड नोटमा राजी-खुसीकै कारण आफूले आत्महत्या गरेको र कसैलाई दुःख नदिनु भन्ने उल्लेख गरिएको छ।

एसपी कार्कीले भने, ‘छोटो नोट फेला परेको छ। आफ्नै राजी खुसीले मृत्युको बाटो रोजेँ। कसैलाई दुःख नदिनु लेखिएको छ।’

फागुन २२, २०८० मंगलबार २०:४६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।