विद्युतीय गाडी ओमोडा इ फाइभको ब्याट्रीमा ‘वाटर वेडिङ’ र ‘अन्डर बडी स्क्रापिङ’को सफल परीक्षण

विद्युतीय गाडी ओमोडा इ फाइभको ब्याट्रीमा ‘वाटर वेडिङ’ र ‘अन्डर बडी स्क्रापिङ’को सफल परीक्षण

काठमाडौं : विद्युतीय गाडी ओमोडा इ फाइभको ब्याट्रीमा ‘वाटर वेडिङ र अन्डर बडी स्क्रापिङ’को सफल परीक्षण गरिएको छ।

परीक्षणका क्रममा ब्याट्रीले उक्त दुवै चुनौती पार गरेकाले सुरक्षाका दृष्टिले गाडी उपयुक्त रहेको पुष्टि भएको कम्पनीले दाबी गरेको छ। वाटर वेल्डिङ पानी छिचोल्ने सम्बन्धी विशेषता हो।

कम्पनीका अनुसार वाटर वेडिङ परीक्षणले ओमोडा इ फाइभलाई वाटर प्रुफ, जलरोधक प्रमाणित गरेको छ।

परीक्षणका क्रममा ओमोडा इ फाइभले गाडीको अगाडीको ग्रिलसम्मको पोखरी सतहकै पानीलाई छिचोलेको थियो। पोखरीको पानीले गाडीको अगाडिको भागको तीन चौथाइ भाग छोपेको थियो।

‘त्यसका बाबजुद ओमाडा इ फाइभले पोखरीलाई स्थिर गतिमा पार गर्न सफल भयो। सो परीक्षणका क्रममा गाडीमा पानीको चुहावट र विद्युतीय त्रुटी भएन, न त त्यसले कुनै पनि विद्युतीय सचेतनाका खतरा संकेत नै बज्यो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्डरबडी स्क्रापिङ परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश सिर्जना गरिएको थियो। जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध सिर्जना गरी परीक्षण गरिएको हो। यस परीक्षणमा ओमोडा इ फाइभले २१० मिमि उचाइको फलामको पोष्ट पार गरेको थियो।’

जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरे पनि तल्लो सतहको परीक्षण गरिसकिएपछि पनि ३० मिमि माथि रहँदै अघि बढेको गाडीको ब्याट्री प्याकमा कुनै क्षति नपुगेको कम्पनीले जनाएको छ।

 

फागुन २२, २०८० मंगलबार २०:२१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।