प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षीमा बस्ने कांग्रेसको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षीमा बस्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' दिएको समर्थन फिर्ता लिने भएको छ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए।

उपसभापति गुरुङका अनुसार कांग्रेसले नयाँ बनेको सत्ता समीकरण भत्काउन नलाग्ने र समर्थन फिर्ता लिएर कांग्रेस प्रतिपक्षीमा बस्ने निर्णय गरेको छ।

अघिल्लो गठबन्धनमा उपप्रधान तथा रक्षामन्त्री समेत रहेका गुरुङले कांग्रेसका मन्त्रीहरूबाट प्रधानमन्त्रीलाई असहयोग भएको भन्ने कुरा गलत भएको बताए।

कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

२२ फागुन, २०८०, १८:१८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।