अनुसन्धान चलिरहँदा सालिन पोखरेलको अन्त्येष्टि

अनुसन्धान चलिरहँदा सालिन पोखरेलको अन्त्येष्टि

काठमाडौं : चितवनको एकता शिशु निकेतन स्कुलको छात्रावासमा मृत फेला परेकी बालिका सालिन पोखरेलको अन्त्येष्टि गरिएको छ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि मंगलबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो।

अन्त्येष्टिमा सहभागीहरूले सालिनको परिवारलाई न्याय दिनुपर्ने भन्दै नारा लगाएका थिए। उनीहरूले मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा माग गरेका थिए।

फागुन १२ गते रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा १४ वर्षीय सालिन मृत फेला परेकी थिइन्।

उनको बलात्कारपछि हत्या गरिएको परिकारले आरोप लगाएका थिए। तर, पोस्टमार्टम रिपोर्टअनुसार उनको झुन्डिएर मृत्यु भएको हो।

घटनाको अनुसन्धानका लागि प्रहरीले विद्यालयका प्रधानाध्यापक बालहरी देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका इन्चार्ज कमल शर्मा पौडेललाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

फागुन २२, २०८० मंगलबार १७:३६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।