सत्ता बदलिएपछि बुधवार छलफल गर्दै एकीकृत समाजवादी

सत्ता बदलिएपछि बुधवार छलफल गर्दै एकीकृत समाजवादी

काठमाडौँ : सत्ता समीकरण बदलिएसँगै छलफलका लागि एकीकृत समाजवादीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधवार बैठक बस्ने तय भएको हो। विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि बुधवार ११ बजे सचिवालय बैठक बोलाइएको हो।

कांग्रेससहितको सत्ता समीकरण छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनाएपछि एकीकृत समाजवादीलाई समेत सरकारमा सहभागी हुन आग्रह गरिसकेका छन्।

फागुन २२, २०८० मंगलबार १६:१२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।