सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमार देवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कालोपत्रे बाटो निर्माण गर्ने क्रममा भ्रष्टाचार गरेको भन्दै आयोगले मंगलबार उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ मधुवापुर अन्तर्गत शहरी विकास, राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म तीन सय मिटर दुरीको सडक पिच भएको थियो।

आयोगले सचिन्द्र कुमार देवसहित, तत्कालीन इन्जिनियर मदन राय, सबइन्जिनियर सरोज कुमार यादव र निर्माण व्यवसायी गुन्जा कन्स्ट्रक्सनका प्रोप्राइटर गोविन्द प्रसाद मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

देव, तत्कालीन इन्जिनियर राय र सबइन्जिनियर यादवले अनियमित रुपमा निर्माण व्यवसायी मण्डललाई ३ लाख ४७ हजार रुपैयाँ भुक्तानी दिएको अख्तियारको दाबी छ। उनीहरुविरुद्ध ३ लाख ४७ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो।

२२ फागुन, २०८०, १६:०३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।