एक दिन पनि टिकेन नेप्सेको बहार, ७९.३१ अंकले घटेर बजार बन्द

एक दिन पनि टिकेन नेप्सेको बहार, ७९.३१ अंकले घटेर बजार बन्द

काठमाडौं :  गठबन्धन बदलिएसँगै उकालिएको सेयर बजार एक दिन पनि नटिकी मंगलबार परिसूचक ७०.३१ अंकले घटेर बजार बन्द भयो। नेप्से ३.३८ प्रतिशतले घटेर २००७.६९ को विन्दुमा झरेको छ।

नयाँ सत्ता समीकरणको दिन सोमबार ३ वटा सकारात्मक सर्किट हानेर बन्द भएको सेयर बजार मंगलबार भारी अंकले घटेको हो। यस दिन ३ सय १६ धितोपत्रका एक करोड १४ लाख ७६ हजार ५९९ कित्ता सेयर चार अर्ब ११ करोड ३६ लाख ७६ हजार ७५८ रुपैयाँमा किनबेच भएको छ।

१३ उप-समूहमध्ये म्युचुअल फन्डको समूहगत सूचक ०.६६ प्रतिशतले बढेको छ। १२ वटाको समूहगत सूचक घटेको छ।

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.७३ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

फागुन २२, २०८० मंगलबार १५:४३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।