भ्यूज आउन छाडेर फ्लप भएपछि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

भ्यूज आउन छाडेर फ्लप भएपछि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

काठमाडौं : जितु नेपालले चलाउँदै आएका कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजनको प्रशारण बन्द भएको छ।

कार्यक्रम सञ्चालक नेपालले मंगलबार सामाजिक सञ्जालमार्फत तीन सिजन गरेर १८४ भाग प्रशारण भएपछि शो बन्द गर्न लागेको जानकारी गराएका हुन्। तर, उनले शो बन्द हुनुको कारण भने खुलाएका छैनन्।

किन र कसरी बन्द भयो भन्ने प्रश्नको जवाफ समय आएपछि दिने उनले बताए। पहिलो सिजनमा दर्शकको राम्रै साथ पाएका उनले दोस्रो र तेस्रो सिजन कहिले आयो कहिले गयो दर्शककले पत्तै पाएनन्। पहिलो सिजन जस्तोे दोस्रो र तेस्रो सिजन लोकप्रिय नबनेपछि उनी आजित भइसकेका थिए।

‘मुन्द्रेको कमेडी क्लब’को छ दिनअघि युट्युबमा राखिएको ५१औं भागको युट्युबमा साढे दुई लाख भ्यूज पनि कटेको छैन। त्यसअघिको ५०औं भाग पनि ३ लाख ३५ हजारले मात्र हेरेका छन्।

अन्य कमेडी शोहरूले युट्युबमा मिलियन भ्यूज पाउँदा उनको शोले खासै भ्यूज पाउन नसकेकै हो। त्यसकारण पनि उनले कार्यक्रम बन्द गर्न लागेको अनुमान गर्न सकिन्छ। यसका अलवा कलाकारहरूबीचको मनमुटाव दोस्रो कारण हुनसक्छ।

शोको पहिलो सिजनमा अध्यक्षको रुपमा रहेकी दीपाश्री निरौलालाई हटाएर दोस्रो सिजनमा करिश्मा मानन्धरलाई अध्यक्ष बनाइयो। तर दीपाश्रीलाई शोबाट हटाउँदा न दर्शकले मन पराए न त दीपाले नै। त्यसैको परिणामतः उनी दीपक–दीपाले बनाएको फिल्म ‘छक्का पञ्जा’बाटै निकालिए।

तेस्रो सिजनमा करिश्माबाट मोर्डन नायिका भन्दै प्रियंका कार्कीलाई अध्यक्ष बनाए जितुले। तर उनको अध्यक्षता पनि जितुलाई खासै फापेन। शो खासै नचलेपछि निर्माण कम्पनीबाट बन्द गर्न दबाव आएको पनि बुझ्न सकिन्छ। लगानी गर्नेले आम्दानी च चाहन्छ नै। आम्दानी नै नभएपछि खर्चमात्र गरेर किन बस्ला र!

फागुन २२, २०८० मंगलबार १४:०३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।