११ बलमा २६ रनको विस्फोट पारी खेलेर कुशल मल्ल आउट
काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले पाचौं विकेट गुमाएको छ।
नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पाँचौं विकेटको रूपमा कुशल मल्ललाई गुमाएको हो।
अठारौं ओभरको पहिलो बलमा साइब्रान्ड एङ्गेलब्रेटको बलमा उनी विक्रमजित सिंहबाट क्याचआउट भएका हुन्। उनले ११ बलमा तीन छक्काको मद्दतमा २६ रनको विस्फोटक पारी खेलेका हुन्।
यसअघि भ्यान्डेर गुग्टनले दीपेन्द्रसिंह ऐरीलाई एलबिडब्लु आउट गरेका थिए। त्यसअघि ४७ बनाएर खेलिरहेका आशिफ चौधौं ओभरको चौथो बलमा माइकल लेभिटबाट एलबिडब्लु भएका थिए।
त्यसअघि दशौं ओभरको दोस्रो बलमा उठाएर खेल्ने क्रममा ब्याटको टप एजमा बल लागेर कप्तान रोहितकुमार पौडेल आउट भएका थिए। १९ बलमा २५ रन बनाएका उनी माइकल लेभिटको बलमा डच कप्तान स्कट एडवार्डबाट क्याचआउट भए।
यसअघि ओपनर कुशल भुर्तेललाई चौथो ओभरको तेस्रो बलमा भान्डेर गुजटेनले बाेल्डआउट गरेका थिए। १० बल सामना गरेका उनले एक चौका र दुई छक्कासहित २० रन बनाएर आउट भएका हुन्।
फागुन २२, २०८० मंगलबार १२:५५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।