नेपालले गुमायो दोस्रो विकेट, कप्तान रोहित २५ रन बनाएर आउट

नेपालले गुमायो दोस्रो विकेट, कप्तान रोहित २५ रन बनाएर आउट
फाइल तस्बिर

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दोस्रो विकेटको रूपमा कप्तान रोहित कुमार पौडेललाई गुमाएको हो।

दशौं ओभरको दोस्रो बलमा उठाएर खेल्ने क्रममा ब्याटको टप एजमा बल लागेर उनी आउट भएका हुन्। १९ बलमा २५ रन बनाएका उनी माइकल लेभिटको बलमा डच कप्तान स्कट एडवार्डबाट क्याचआउट भए।

यसअघि ओपनर कुशल भुर्तेललाई चौथो ओभरको तेस्रो बलमा भान्डेर गुजटेनले बाेल्डआउट गरेका थिए। १० बल सामना गरेका उनले एक चौका र दुई छक्कासहित २० रन बनाएर आउट भएका हुन्।

अहिले क्रिजमा गुल्सन झा र आशिफ शेख छन्। नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन।

दशौं ओभरको खेल सकिँदा नेपालले ८८ रन बनाएको छ।

फागुन २२, २०८० मंगलबार १२:१४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।