टोफिचू इक्लियर नेपाली बजारमा

टोफिचू इक्लियर नेपाली बजारमा

काठमाडौं : सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचू अन्तर्गत नयाँ क्यान्डी इक्ल्येर नेपाली बजारमा सार्वजनिक गरेको छ।

‘प्युर चकलेटी जोए’को उद्घोषसहित प्रवर्द्धन गरिएको यो उत्पादन बाहिरी तहमा ‘मिल्क चकलेट’ हुनुका साथै भित्री तहमा चकलेट भरी बनाइएको छ।

सुनौलो रंगको आकर्षक ट्वीस्ट ¥यापमा प्याक गरिएको ‘टोफिचू इक्ल्येर’ बजारमा उपलब्ध अरु चकलेट स्वादका कन्फेक्सनरी उत्पादनहरू भन्दा स्वादिलो, आकर्षक र प्रिमियम रहेको कम्पनीको दाबी छ।

कुनै विशेष अवसर अथवा कुनै पनि समय यो क्यान्डीको स्वाद लिई ‘इक्लेयर’को बेग्लै आनन्द लिन सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ।

पाँच रुपैयाँमा दुईवटा उपलब्ध हुने इक्लेयर नेपालभरका खुद्रा पसलमा उपलब्ध हुनेछ।

इक्लेयरको साथै टोफिचू अन्न्तर्गत विभिन्न ब्रान्डहरू ‘तड्का कच्चा म्याङ्गो’, ‘तड्का लिच्ची’ र ‘डुवोज’ पनि बजारमा उपलब्ध छ।

फागुन २२, २०८० मंगलबार ०८:१२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।