सालिन मृत्यु प्रकरण : पक्राउ परेका ३ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति, मानव अधिकार आयोगले पनि थाल्यो अनुसन्धान

सालिन मृत्यु प्रकरण : पक्राउ परेका ३ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति, मानव अधिकार आयोगले पनि थाल्यो अनुसन्धान

काठमाडौँ : सालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ गरिएका शिशु निकेतन स्कुलका प्रधानाध्यापकसहित ३ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

सोमबार जिल्ला अदालत चितवनबाट थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।

चितवनको रत्ननगर नगरपालिका -१० स्थित एकता शिशु निकेतनको छात्रावासमा बालिका पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन्।

उनको हत्या भएको किटानी जाहेरीको आधारमा प्रहरीले स्कुलका प्रधानाध्यापक बालहरी देवकोटा, सहायक प्रधानाध्यापक कमल शर्मा पौडेल र छात्रावासको इन्चार्ज किरणबहादुर अधिकारीलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

उनीहरूलाई अदालतले पहिलोपटक ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

यसैबीच यस् प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान सुरू गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार घटनाको प्रहरी अनुसन्धानबारे आयोगले जानकारी लिइरहेको छ।

आयोगले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्नसमेत सरकारलाई आग्रह गरेको छ।

 

सम्बन्धित समाचार

१४ वर्षकी सालिनको मृत्युमा परिवारको चार शङ्का, पोस्टमार्टम प्रतिवेदन कुर्दै प्रहरी

‘सालिन पोखरेल प्रकरणको छानबिन गरि सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु’

सालिन मृत्यु प्रकरणमा प्रहरीको आग्रह : अनुसन्धानमा प्रभाव पार्ने विषय सम्प्रेषण नगरिदिनुस्

सालीन घटना अनुसन्धान गिजोल्न कांग्रेसको हतारो, यूट्युवमा बस्नथाल्यो यूट्युवरको इजलास

फागुन २१, २०८० सोमबार २०:४९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।