श्रममन्त्रीको हैसियतमा कार्यक्रमको रिबन काट्न यूएई गएका थिए, फर्किँन नपाउँदै गयो मन्त्री पद

श्रममन्त्रीको हैसियतमा कार्यक्रमको रिबन काट्न यूएई गएका थिए, फर्किँन नपाउँदै गयो मन्त्री पद

काठमाडौं : वैदेशिक रोजगार व्यवयायी संघले सरकारी खर्चमा आइतबार आयोजना गरेको ‘दुबई रोजगार मेला’को उद्घाटनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको हैसियतमा शरतसिंह भण्डारी यूएईमा पुगेका थिए।

श्रममन्त्रीको हैसियतले उनले रोजगार मेलाको उद्घाटन गरे।

मन्त्रालय स्रोतका अनुसार उनी मंगलबार मात्र स्वदेश फर्किने कार्यक्रम छ। तर, उनी आजै पदमुक्त भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितका दलसँग नयाँ गठबन्धन गर्ने सहमति गरेर सबै मन्त्रीहरूलाई बर्खास्त गर्दै मन्त्रिपरिषद बदलेसँगै भण्डारी विदेशमै रहेका बेला पदमुक्त भएका हुन्।

योसँगै उनी यूएई भ्रमणबाट नफर्कदा निवर्तमान मन्त्रीको हैसियतमा रहनेछन्।

फागुन २१, २०८० सोमबार २०:१७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।