ग्लोबल आइएमई बैङ्कका दुई शाखा रहित बैंकिङ्ग सेवा, सङ्ख्या पुग्यो २ सय ७७

ग्लोबल आइएमई बैङ्कका दुई शाखा रहित बैंकिङ्ग सेवा, सङ्ख्या पुग्यो २ सय ७७

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले दुई स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ। बैङ्कले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–६, हुस्लाङ र  बन्दिपुर गाउँपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।

यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसगैं बैङ्कका शाखा रहित बैंकिङ्ग सेवाको सङ्ख्या २ सय ७७ पुगेको छ। ग्लोबल आइएमई बैङ्कको ७७ जिल्लामा शाखा सञ्जाल रहेको छ।

बैङ्कको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन्। 

फागुन २१, २०८० सोमबार १९:०७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।