संवैधानिक अड्चनले तीन मन्त्रीको मात्र शपथ ग्रहण, भागबन्डामा सहमति नहुँदा मन्त्रालय तोकिएन

संवैधानिक अड्चनले तीन मन्त्रीको मात्र शपथ ग्रहण, भागबन्डामा सहमति नहुँदा मन्त्रालय तोकिएन

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन विना विभागीय मन्त्रीहरूलाई शपथ खुवाएका छन्। राष्ट्रपति निवासमा सोमबार पौडेलले हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्याललाई मन्त्रीको शपथ खुवाएका हुन्।

तामाङ माओवादीबाट, अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीबाट र गिरी एमालेबाट मन्त्री बनेका हुन्। अहिले प्रधानमन्त्रीसहित २२ जना मन्त्री कायमै रहेको र संविधान अनुसार २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने संवैधानिक प्रावधानका कारण सोमबार बदलिएको नयाँ गठबन्धन अनुसार तीन जना थपिएका हुन्।

 

गठबन्धनमा सहभागी कांग्रेस र एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा दिएका छैनन्। कांग्रेसले गठबन्धन बदल्ने निर्णय प्रधानमन्त्री प्रचण्डको एकल निर्णय भएकाले कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने र यसबारे प्रधानमन्त्रीले नै निर्णय गर्न सक्ने बताइसकेको छ।

फागुन २१, २०८० सोमबार १८:०१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।