राप्रपा सरकारमा नजाने

राप्रपा सरकारमा नजाने

काठमाडौं : सत्ता गठबन्धन बदलिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी नहुने भएको छ।

माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी मन्त्री मण्डलको छलफलमै रहेको बेलामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ट्विट गर्दै  राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल नरहेको सार्वजनिक गरेका हुन्।

'वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको अनिवार्य आवश्यकता हो। राप्रपा अहिले यही बाटोमा छ' उनले लेखेका छन्।

आइतबार बेलुकाबाट शुरु भएको नयाँ गठबन्धन बनाउने बैठकहरुमा राप्रपा सहभागी थिएन।

यस अगाडि एमालेसहितको सरकारमा राप्रपा सहभागी थियो। सत्ता गठबन्धन बदलिएपछि पार्टीभित्र लिङदेनको आलोचना भएको थियो।

फागुन २१, २०८० सोमबार १२:३५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।