सरकार परिवर्तनको असर शेयर बजारमा, खुलेको तीन मिनेटमै सर्किट लाग्यो

सरकार परिवर्तनको असर शेयर बजारमा, खुलेको तीन मिनेटमै सर्किट लाग्यो

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) चार प्रतिशतले बढेसँगै बजारमा सर्किट लागेको छ।

बजार खुलेको ३ मिनेटमै ४ दशमलव ४ प्रतिशतले बढेर २ हजार ३९ दशमलव ६० अंकमा पुगेपछि नेप्से २० मिनेटका लागि कारोबार रोकिएको हो।

३ मिनेटमै नेप्सेमा १४.८ करोड रुपैयाँको कारोबार भएको छ। अब बजार ११ बजेर २३ मिनेटमा सुचारू हुनेछ।

बजार सुरु भएको एक घण्टाभित्र ४ प्रतिशतले बढेको अवस्थामा सेयर कारोबार स्थगित गरिन्छ।
अब एक प्रतिशतले बढ्नेबित्तिकै पुन: कारोबार रोकिनेछ।

यी सर्किट ब्रेकरहरू स्थिरता सुनिश्चित गर्न र अत्यधिक अस्थिरतालाई रोक्न सबै इक्विटीहरूमा व्यापारिक अवरोधहरू प्रेरित गर्न डिजाइन गरिएका हुन्।

नयाँ सरकार गठन हुने भएसँगै शेयर बजारमा उछाल आएको हो।

फागुन २१, २०८० सोमबार ११:१९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।