ट्रेलर सार्वजनिक गरेर मोफसलमा दर्शक भेट्दै ‘महाजात्रा’ टोली

ट्रेलर सार्वजनिक गरेर मोफसलमा दर्शक भेट्दै ‘महाजात्रा’ टोली

काठमाडौं : चैत ९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाजात्रा’ टोली दर्शक भेट्न मोफसल यात्रामा निस्किएको ट्रेलर सार्वजनिक गरेर टोली ‘महाकमेडी यात्रा’ नाममा मोफसल यात्रामा निस्किएको हो।

निर्माता म्याक्स दीपेश खत्री, निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, अभिनेत्री वर्षा राउत लगायतको टोली आइतबार पोखरा पुगे।

पहिलो चरण अन्तर्गत ‘महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ। यसको दोस्रो चरण फागुन ३० गते बिर्तामोडबाट सुरू भएर  १ गते इटहरी, ३ गते हेटौंडा र ४ गते नारायणगढमा हुने निर्देशक भट्टराईले जानकारी दिए।

टोलीमा अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापा रहनेछन्।

उनीहरूसँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतिमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन्।

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि महाजात्रा बनाएका हुन्। ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन्।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि मिश्रित प्रतिक्रिया आएको छ।

फागुन २१, २०८० सोमबार १०:२१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।