१३ वर्षीय बालिका बलात्कार गरेको आरोप ३० वर्षीय युवक पक्राउ

१३ वर्षीय बालिका बलात्कार गरेको आरोप ३० वर्षीय युवक पक्राउ

काठमाडौं : १३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बर्दियाबाट एक पुरुषलाई पक्राउ गरेको छ।

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका -२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी पक्राउ गरेको जनाएको छ।

थारूले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

फागुन २०, २०८० आइतबार १३:०२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।