दलित नेटवर्कको नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा मोहन ओड

दलित नेटवर्कको नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा मोहन ओड

काठमाडौं : राष्ट्रिय दलित नेटवर्कको अध्यक्षमा मोहन ओड निर्वाचित भएका छन्।

शनिबार नेटवर्कको राष्ट्रिय सम्मेलन तथा १६ औँ साधारण सभाले ओडको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा श्याम सुनार, महासचिवमा पार्वती आग्री, कोषाध्यक्षमा जंगबहादुर सुनार र सचिवमा गीता नेपालीलाई चयन गरेको छ। त्यस्तै, सदस्यहरूमा प्रेम बिके, कलावती भाँड, प्रेमकला सोव र दिक्षा सार्की चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिले कार्यभार समेत सम्हालेको छ।

सम्मेलनले संस्थापक अध्यक्ष गणेशबहादुर विश्वकर्मालाई संरक्षकको जिम्मेवारी दिएको छ।

संस्थापक अध्यक्ष विश्वकर्माले नवनिर्वाचित समितिका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए। उनले मुलुकले संघीयता र समावेशी बिकासको अभ्यास गरिसकेको सन्दर्भमा दलितहरूको राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार स्थापना गर्नका लागि संगठनले निरन्तर पैरवी र पहरेदारी गर्दै आएको बताए।

उनले दिगो बिकास लक्ष्यको कसैलाई पछाडि नपारौ भन्ने मुल मर्म र भावना अनुरुप संगठनको अभियान त्यसतर्फ केन्द्रित हुनुपर्ने कुरामा जोड दिए।

फागुन २०, २०८० आइतबार ०७:५७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।