६ महिनाअघि भेटिएका प्रेमी कटवालसँग नन्दिताको मागी विवाह
काठमाडौँ : अभिनेत्री नन्दिता केसीले लगनगाँठो कसेकी छन्।
शनिबार होटल शंकरमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी अरविन्द्र कट्वालसँग विवाह गरेकी हुन्।
वैवाहिक समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायतको उपस्थिति थियो। भुवन केसी, श्वेता खड्का, रीमा विश्वकर्मा, रेनेशा राई लगायतका चलचित्रकर्मीहरू नन्दितालाई बधाई दिन पुगेका थिए।
उनका पति कटवाल पेशाले अमेरिकामा कार्यरत मुटुरोग विशेषज्ञ हुन्। ६ महिनाअघि पहिलोपटक भेट भएका यी दुईले मागी विवाह गरेका हुन्।
बिहीबार रेसु भिल्लामा आयोजित मेहेन्दी उत्सवमा नन्दितासँग उनी निकट सेलिब्रेटी देखिएका थिए। नन्दिताले केही दिनअघि कटवालसँग विवाह गर्न लागेको जानकारी सामाजिक संजालबाट दिएकी थिइन्।
नन्दिता र अरविन्द्र लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्।
करिब ३ दर्जन फिल्म अभिनय गरेकी नन्दिताको डेब्यु फिल्म ‘इन्द्रेणी’ थियो। उनको पछिल्लो फिल्म ‘जङ्गबहादुरको कोट’ ७ वर्षअघि प्रदर्शनमा आएको थियो।
फागुन १९, २०८० शनिबार २१:३४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।