सरकारी जग्गा हडप्ने कसैलाई छोडिन्न, बाँसबारीको जग्गा राज्यकै नाममा आउँछ : गृहमन्त्री

सरकारी जग्गा हडप्ने कसैलाई छोडिन्न, बाँसबारीको जग्गा राज्यकै नाममा आउँछ : गृहमन्त्री

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी जग्गा हडप्ने कसैलाई पनि नछोडिने बताएका छन्।

शनिबार गृहमन्त्रीसँग संवृद्धि र सुशासनका कुरा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पहुँचवाला मान्छेले जे गर्दा पनि हुन्छ भन्ने भाष्य सरकारले चिर्ने जिकिर गरे।

उनले बाँसबारी जग्गा राज्यकै नाममा आउने दाबी गरेका छन्।

उनले भने, 'ललिता निवास पनि त्यो एउटा प्रक्रिया हो। त्यसपछि अरू पनि घटना देखिएको छ। सुन तस्करीलाई कारबाही गर्ने प्रक्रिया। बाँसबारी जग्गाको प्रक्रिया अघि बढाइसकेका छौँ। मलाई व्यक्तिबारे केही भन्नु छैन। त्यो जग्गा राज्यकै नाममा आउँछ भन्नेमा विश्वस्त छु। हामीले त्यो प्रक्रिया अघि बढाएका छौँ।'

सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न खोज्दा चारैतिरबाट विरोध हुने गरे पनि सरकार पछि नहट्ने उनको भनाइ छ। 

फागुन १९, २०८० शनिबार १७:५१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।