सालिन प्रकरणमा छानबिनको माग गर्दै कांग्रेसले भन्यो- झुन्डिएको अवस्थामा मृत भेटिनु अत्यन्तै गम्भीर

सालिन प्रकरणमा छानबिनको माग गर्दै कांग्रेसले भन्यो- झुन्डिएको अवस्थामा मृत भेटिनु अत्यन्तै गम्भीर

काठमाडौं : नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका -१० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीय छात्रा सालिन पोखरेलको मृत्यु भएको घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गर्न सरकारसँग माग गरेको छ। 

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी बालिका मृत भेटिनु आफैंमा दुखःद् भएको भन्दै आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर रहेको बताएको छ।

‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाई आफैंमा अत्यन्तै दुःखद त भएको छ नै, झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ। नेपाली कांग्रेस यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कार्वाहीका लागि सरकारसँग जोडदार माग गर्दछ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

फागुन १९, २०८० शनिबार १६:२०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।