पहिरोले क्षति गरेको नहरको काम गर्न गएका थिए, बाटो माथिबाट खसेको ढुंगाले लागेर मृत्यु

पहिरोले क्षति गरेको नहरको काम गर्न गएका थिए, बाटो माथिबाट खसेको ढुंगाले लागेर मृत्यु

काठमाडौं : मुगुमा बाटो माथिबाट खसेको ढुंगाले लागेर एक पुरुषको मृत्यु भएको छ।

मुगुम कार्मारोङ गाउँपालिका -६ रिउस बगरमा रहेको जलविद्युतमा काम गर्न घरबाट हिँडेका सोही गाउँपालिका- ५ का ५० वर्षीय कोन्जोक लाक्याप लामाको सडक माथिबाट आएको ढुंगा लागेर मृत्यु भएको हो।

विद्युत् गृहको नहर पहिराले क्षति गरेपछि वडा नं ५ र ६ का स्थानीयको आज काम गर्ने पालो थियो। सोही कामका लागि मृतक लामासहित अन्य चारजना सेरोग गाउँबाट रिउस आउँदै गर्दा तिलिकछु भन्ने स्थानमा माथिबाट आएको ढुंगा लागेर घाइते बनाएको थियो।

घाइते भएका लामालाई स्थानीय र पुलु प्रहरी चौकीले तत्काल उद्धार गरी पुलु स्वास्थ चौकी पुर्याएका थिए।

त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल गमगढी लैजाँदै गर्दा बीच बाटोमा मृत्यु भएको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए।

१९ फागुन, २०८०, १५:५३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।