टोखाको जङ्गलमा ३० वर्षीय युवाले गरे आत्मदाहको प्रयास, अवस्था गम्भीर

टोखाको जङ्गलमा ३० वर्षीय युवाले गरे आत्मदाहको प्रयास, अवस्था गम्भीर

काठमाडौँ : काठमाडौँको टोखा नगरपालिका–१ नजिक रहेको जङ्गलमा ३० वर्षका युवा विकल्प खड्काले आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन्।

नुवाकोटको लिखु गाउँपालिका–१ स्थायीवासी रहेका उनले आफैँलाई आगो लगाएर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले उद्धार गरेको हो।

उनलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचारका लागि लगिएको थियो। उनको अवस्था गम्भीर छ। आत्मदाहको प्रयास गर्नुको कारण खुल्न सकेको छैन।

फागुन १८, २०८० शुक्रबार २१:१७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।