नेपालद्वारा नामिबियासामु १८१ रनको लक्ष्य, कुशल मल्लको अर्धशतक
काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको हो।
नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले। ३७ बलको सामना गरेका उनले एक चौका र चार छक्काको मद्दतमा अविजित ५५ रन जोडे।
त्यसबाहेक आरिफ शेख ३१, गुल्सन झा २६, अनिल शाह २३, दीपेन्द्रसिंह ऐरी १६, रोहित पौडेल १०, करण केसी ७ र आशिफ शाह १ रनमा आउट भए।
नामबियाका बेन सिकङ्गोले चार विकेट लिँदा ज्याक ब्रसेल्सले दुई लिँदा लफ्टी इटन, रुबिन ट्रम्पलम्यान र बर्नाड स्कोल्ट्जले समान एक-एक विकेट लिए।
नामिबियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो।
फाइनलको सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नैपर्छ।
जारी सिरिजको समूह चरणको अन्तिम खेलमा भने आइतबार नेदरल्याण्ड्स र नामिबिया दोस्रो पटक भिड्नेछन्। फाइनल खेल मंगलबार हुनेछ।
फागुन १८, २०८० शुक्रबार १३:०९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।