प्रतिनिधि सभामा सभामुखको पाँचौं रुलिङ, सरकार भने मौन

प्रतिनिधि सभामा सभामुखको पाँचौं रुलिङ, सरकार भने मौन

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन सुरू भएयता सरकारका नाममा पाँचौं पटक रुलिङ गरेका छन्।

सांसदहरूले आजको बैठकमा सरकारले सदनमा उठेका प्रश्नहरूको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले  रुलिङ गरेका हुन्। उनले यसअघि चार पटक रुलिङ गरिसकेका छन्।

सभामुखले सरकारलाई यही २१ गते बस्ने प्रतिनिधि सभा बैठकमा जवाफ दिन मिति नै तोकेर रुलिङ गरेका हुन्।

आज प्रतिनिधि सभाको बैठक सुरु हुनासाथै प्रमुख प्रतिपक्षी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित केही स्वतन्त्र सांसदहरूले सरकारले जवाफ नदिएको भनेर विरोध गर्दै सदनको कार्वाही अवरुध्द गर्ने प्रयाश गरेका थिए। त्यसपछि सभामुखले रुलिङ गरेका हुन्।

सदनमा आफूहरुले बारम्बार उठाउँदै आएको बालकुमारी घटनामा आरोपति मन्त्री सहित स्वास्थ्य मन्त्रीको राजीनामा, मिटरव्याजी पीडित र लघुवित्त पीडितका समस्या एवं दुग्ध किसानको समस्या सडकबाट सदनसम्म आउँदा पनि सरकार मौन रहेको र आफूहरुले उठाएको विषयमा सरकारले महत्व नदिएको भन्दै उनीहरूले विरोध गरेका हुन्।

फागुन १८, २०८० शुक्रबार १२:४५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।