‘प्रधानमन्त्री खोज्न उच्च स्तरीय समिति बनाउनुपर्ने हो की संसद स्थगित गर्नुपर्ने हो?’

‘प्रधानमन्त्री खोज्न उच्च स्तरीय समिति बनाउनुपर्ने हो की संसद स्थगित गर्नुपर्ने हो?’

काठमाडौं : एमाले सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्रीको खोजी गर्न उच्च स्तरीय समिति बनाउनुपर्ने भएको भन्दै व्यङ्ग्य गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठमा बोल्दै उनले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रधानमन्त्रीलाई खोज्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो की संसद स्थगित गर्नुपर्ने हो भन्दै प्रश्न गरेका हुन्।

‘लघुवित्त, सहकारी, मिटरब्याज पीडितहरू अहिले उपत्यकामा आउनुभएको छ, यस्तो अवस्थामा पनि सरकार जवाफदेही भएन, सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो, प्रधानमन्त्रीको खोजी गर्नपर्यो,’ उनले भने, ‘त्यसको लागि यो संसदले उच्च स्तरीय समिति बनाउनुपर्ने हो की संसद स्थगित गर्नुपर्ने हो?, कति दिन समय चाहिने हो?’ 

सभामुखले रुलिङ् गर्दा पनि प्रधानमन्त्री संसदमा नआएको भन्दै प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिन कसले रोकेको भन्दै प्रश्न पनि उठाएका छन्।

उनले भने, ‘आगामी बैठकमा प्रधानमन्त्रीले जवाफ दिने भनेर सभामुखले रुलिङ् गरेपनि आज प्रधानमन्त्री आउने खबर पाएका छैनौँ। यसरी हेर्दा सरकार संसदप्रति जवाफदेही नभएको देखिन्छ, बालकुमारी घटनामा दोषि करार भएका सरकारी छानबिन समितिले नै दोषी ठहर गरेका मन्त्रीलाई राजीनामा गर्न राजीनामा नगरे बरखास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ। यो संसदमा आएर जवाफ दिन कसले रोकेको छ।’

फागुन १८, २०८० शुक्रबार १२:०८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।