नामिबियाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट
काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।
टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले दोस्रो ओभरको पहिलो बलमा आशिफ शेखलाई गुमाउँदा चौथो ओभरको चौथो बलमा कप्तान रोहित पौडेललाई गुमाउनुपरेको हो।
अहिले क्रिजमा गुल्सनकुमार झा र अनिल शाह छन्। पाँचाै ओभरको समाप्तीमा नेपालले दुई विकेट गुमाएर ३५ रन बनाएको छ।
नेपालले टोलीमा आज ३ परिवर्तन गरेको छ। कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन्।
पहिलो दुई खेलमा शून्यमै आउट भएपछि भुर्तेलको विकल्पबारे सोचिएको हो। पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो।
फाइनलको सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नैपर्छ। जारी सिरिजको समूह चरणको अन्तिम खेलमा भने आइतबार नेदरल्याण्ड्स र नामिबिया दोस्रो पटक भिड्नेछन्। फाइनल खेल मंगलबार हुनेछ।
फागुन १८, २०८० शुक्रबार ११:५३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।