नेपालले टस हार्‍यो, टोलीमा तीन परिवर्तन

नेपालले टस हार्‍यो,  टोलीमा तीन परिवर्तन

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध टस हारेको छ।

नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन्। नेपालले पहिलो ब्याटिङ गर्नेछ।

नेपालले टोलीमा आज ३ परिवर्तन गरेको छ। कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन्।

पहिलो दुई खेलमा शून्यमै आउट भएपछि भुर्तेलको विकल्पबारे सोचिएको हो।

अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख टोलीमा आएका छन्।

पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो।

फाइनलको सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नैपर्छ।

जारी सिरिजको समूह चरणको अन्तिम खेलमा भने आइतबार नेदरल्याण्ड्स र नामिबिया दोस्रो पटक भिड्नेछन्। फाइनल खेल मंगलबार हुनेछ।

नेपालको टोली :
आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख

फागुन १८, २०८० शुक्रबार ११:२२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।