मोरङमा टिपर, बस र बोलेरो जुध्दा दुई जनाको मृत्यु, पाँच जना घाइते

मोरङमा टिपर, बस र बोलेरो जुध्दा दुई जनाको मृत्यु, पाँच जना घाइते

विराटनगर : पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि तीन वटा सवारी जुध्दा दुई जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

शुक्रबार विहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे१ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मृत्यु हुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनाल रहेका छन्।

उनीहरूको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जना गम्भीर अवस्थामा रहेका प्रहरी निरीक्षक दाहालले बताए।

घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

फागुन १८, २०८० शुक्रबार ०९:५२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।