सक्रिय हुँदै पश्चिमी न्यूनचापीय प्रणाली, शुक्रबार वर्षाको सम्भावना

सक्रिय हुँदै पश्चिमी न्यूनचापीय प्रणाली, शुक्रबार वर्षाको सम्भावना

काठमाडौं : शुक्रबार देशका विभिन्न भागमा वर्षाको सम्भावना छ। पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा वर्षाको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार साँझदेखि पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुनेछ।

राति गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

शनिबार बागमतीसहितका प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनेछ। 

अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुँदा बाँकी भागमा मौसम मुख्यतया सफा छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

१८ फागुन, २०८०, ०७:११:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।