वाफ महिला च्याम्पियनसिपको पहिलो सहभागितामै नेपाल उप-विजेता

वाफ महिला च्याम्पियनसिपको पहिलो सहभागितामै नेपाल उप-विजेता

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा टाइब्रेकरमा पराजित भएका छन्। निर्धारित समयमा भएको खेल २-२ बराबरी भएपछि टाइब्रेकरमा पुगेको खेल जोर्डनले ५-३ ले जित्यो। जोर्डनले यो छैटौँ पटक उपाधि जितेको हो।

नेपाल आमन्त्रित टोलीको रूपमा वाफमा पहिलो पटक सहभागी भएको हो। पहिलो सहभागितामै उपविजेता बन्यो।

जोर्डनविरुद्धको पहिलो हाफमा नेपालकी सविता राना मगरको १-० को अग्रता दिलाएकी थिइन्।

दोस्रो हाफमा लय गुमाउँदा २-१ को स्थितिमा पुगिसकेको नेपालले इन्ज्युरी समयमा पेनाल्टीको मौका पायो। गीता रानाले पेनाल्टी खेर नफालेपछि खेल २-२ को बराबरीमा पुगेर निर्धारित समय सकियो।

नेपालका लागि गीता राना, दिपा शाही र हिरा भुजेलले पेनाल्टीमा गोल गरे पनि अमृता जैसीको प्रहार जोर्डनी गोलकिपरले रोकिदिइन्।

फागुन १८, २०८० शुक्रबार ००:२८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।