हाजिर जमानीमा छुटे संसद भवन प्रवेश गर्ने लघुवित्तका ऋणीहरू

काठमाडौं : संसद भवन प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई हाजिर जमानीमा बिहीबार साँझ छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले पक्राउ परेका ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो।
लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गर्न आएका उनीहरू सोमबार संघीय संसद भवन प्रवेश गरेका थिए।
निषेधित क्षेत्र प्रवेश गरेको भन्दै सार्वजनिक शान्ति विरुद्वको मुद्दामा उनीहरूलाई अनुसन्धान अघि बढाइएको थियो।
फागुन १७, २०८० बिहीबार २०:१०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।