‘वर्ल्ड कार अवार्ड २०२४’ को शीर्ष तीनमा बीवाईडी
काठमाडौं : बीवाईडी कम्पनी ‘वर्ल्ड कार अवार्ड २०२४’ को शीर्ष तीनमा परेको छ।
स्वीट्जरल्यान्डको जेनेभामा फेब्रुअरी २६ मा आयोजित मोटर शोमा बीवाईडीका मोडल सिल र डल्फिनले ‘वर्ल्ड कार अफ द इयर’ र ‘वर्ल्ड अरबन कार’ श्रेणीको शीर्ष तीन स्थान हासिल गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार वर्ल्ड कार अवार्ड श्रेणीको शीर्ष तीनमा सूचीकृत हुने आफू पहिलो र एक मात्र चिनियाँ कार निर्माता बनेको छ।
वर्ल्ड कार अवार्ड, युरोपियन कार अफ द इयर र नर्थ अमेरिकन कार अफ द इयर विश्वभरका अटो निर्माताबीच परिचित अवार्ड हुन्।
बीवाईडीको सिल ‘युरोपियन कार अफ द इयर २०२४’ को अन्तिम चरणमा पुगेको थियो।
सन् २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै बीवाईडी यस मामिलामा दोस्रो विद्युतीय कार निर्माता बनेको थियो।
फागुन १७, २०८० बिहीबार १८:४४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।