शर्मिला वाइबालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले शर्मिला वाइबालाई ४ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

हास्य कलाकार पवन खतिवडा 'म्याकुरी'माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी वाइबालाई अदालतले बिहीबार हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ।

यो पनि :  भाइरलको लोभमा पटक-पटक हिरासत

बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ परेकी शर्मिलालाई काठमाडौं ल्याइएको थियो। उनलाई अहिले महाराजगञ्ज परिसरमा राखिएको छ।

पवन र उनकी श्रीमतीबीचको विवादमा शर्मिलाले पवनकी श्रीमतीलाई उचालेर कुटपिट गरेको शर्मिलामाथि आरोप लागेको छ।

फागुन १७, २०८० बिहीबार १७:१४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।