सामुदायिक बनभित्र लगेर बालिकाको बलात्कार गरेको आरोपमा एक पक्राउ

सामुदायिक बनभित्र लगेर बालिकाको बलात्कार गरेको आरोपमा एक पक्राउ

काठमाडौं : कैलालीमा १४ वर्षीय बालिकाको बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका -१, शक्तिनगर शिविरका ६० वर्षीय आशाराम चौधरी छन्।

बुधबार राति उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।

सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक बनभित्र लगेर बालिकाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

फागुन १७, २०८० बिहीबार १५:५२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।